सेवा विस्तारमा मेलुङ थकाली रेस्टुरेन्ट, बालुवाटार आउटलेटबाट पनि घरघरमै डेलिभरी

बिजमाण्डू
२०८२ जेठ १ गते १३:०७ | May 15, 2025
सेवा विस्तारमा मेलुङ थकाली रेस्टुरेन्ट, बालुवाटार आउटलेटबाट पनि घरघरमै डेलिभरी


काठमाडौं। मेलुङ थकाली रेस्टुरेन्टले बालुवाटारस्थित आफ्नो आउटलेटबाट पठाओमार्फत फुड डेलिभरी सुरु गरेको छ।

Vigo
GBIME
Tata

थकाली खानाका पारखीलाई घर घरमै सेवा उपलब्ध गराउने भन्दै रेस्टुरेन्टले पठाओसँगको सहकार्यमा फुड डेलिभरी गर्न थालेको सञ्चालक वसन्त लामाले बताए।

२ वर्ष अगाडि एयरपोर्टबाट सेवा सुरु गरेको रेस्टुरेन्टका काठमाडौं उपत्यकामा ८ वटा आउटलेट छन्। तीमध्ये एयरपोर्टको आउटलेट २४ घण्टा नै सञ्चालन हुुँदे आएको छ।

रेस्टुरेन्टले ग्राहकलाई १०० भन्दा बढी परिकार पस्कँदै आएको छ। तामाकोशीको असला माछा र फापरको ढिंडोलाई रेस्टुरेन्टले विशेष परिकारको रुपमा राखेको छ।