
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। शुक्रबार नेपाल लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ८३ लाख ५ हजार ६८१.३६ कित्ता सेयर थपिएको हो।
नेपाल लाइफले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। कम्पनीको ८२ लाख ७ हजार ९६६.५५ कित्ता सेयर सूचीकृत भएको हो।
आत्मनिर्भर लघुवित्तको ९७ हजार ७१४.८१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले पोहोरको मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर दिएको थियो।