एकान्तकुनामा खुल्यो ‘म्याजेस्टिक ग्रान्ड’ इभेन्ट भेन्यू, तारे होटल जस्तो सुविधा

बिजमाण्डू
२०८२ बैशाख २६ गते १४:५५ | May 9, 2025
एकान्तकुनामा खुल्यो ‘म्याजेस्टिक ग्रान्ड’ इभेन्ट भेन्यू, तारे होटल जस्तो सुविधा


काठमाडौं। ललितपुरको एकान्तकुनामा ‘म्याजेस्टिक ग्रान्ड’ इभेन्ट भेन्यू संचालनमा आएको छ। यो इभेन्ट भेन्यू नेपालकै ठूलो र भव्य भएको दाबी गरिएको छ।

Tata
GBIME
NLIC

२० रोपनी जग्गा २१ वर्षलाई भाडामा लिएर बनाइएको ‘म्याजेस्टिक ग्रान्ड’मा ४ हजार जना अट्न सक्ने जुनसुकै कार्यक्रम आयोजना गर्न सकिन्छ।

खासगरी विवाह, व्रतबन्ध, म्युजिकल कन्सर्ट, फेसन सो, प्रडक्ट लन्च, विश्वविद्यालयको ग्रेजुएसन कार्यक्रम र एकसाथ धेरैजना उपस्थित हुनुपर्ने गोष्ठी र सेमिनार जस्ता कार्यक्रमलाई लक्षित गरी यो इभेन्ट भेन्यू तयार गरिएको हो। भेन्यूमा करिब ३ सय वटा ४ पांग्रे र ५ सय वटा २ पाङ्ग्रे सवारी साधन सहज ढंगले पार्किङ गर्न सकिन्छ।

के-के छन् सुविधा ?

‘म्याजेस्टिक ग्रान्ड’ र ‘म्याजेस्टिक क्राउन’ गरी दुई वटा आकर्षक इभेन्ट हल छन्। यहाँ कार्यक्रम आयोजना गर्दा बाहिरबाट कुनै किसिमका सामग्री ल्याउन नपर्ने संचालक सुरज कार्की बताउँछन्।

‘विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसन लगायत सम्पूर्ण प्याकेज सुविधा यहाँ उपलब्ध छ,’ संचालक कार्कीले भने।

ग्राहकको बजेटअनुसार सिल्भर, गोल्ड तथा डाइमन्ड गरेर ३ किसिमको खानाको मेनु तय गरिएको छ। आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिने उनले जानकारी दिए।

स्तरीय साउन्ड सिस्टम, लाइट, ठूला स्क्रिन लगायत इभेन्टका लागि आवश्यक पर्ने हरेक सामग्री म्याजेस्टिक ग्रान्डमा जडान गरिएका छन्।

‘म्याजेस्टिक ग्रान्डमा इभेन्ट गर्नेहरूलाई उत्कृष्ट अनुभव हासिल गराउन हामीले भरमग्दुर प्रयास गरेका छौं,’ संचालक कार्की भन्छन्, ‘म्याजेस्टिक ग्रान्डलाई नामजस्तै भव्य बनाउन यसको निर्माण र सजावटमा विशेष ध्यान दिइएको छ।’

नयाँ पुस्ताको सोच र थिम अनुसार भेन्यू तयार गरिएको र सुलभ मूल्यमा ५ तारे होटलको भन्दा उत्कृष्ट सेवा प्रदान गरिरहेकाले धेरैको रोजाइमा पर्ने विश्वास कार्कीको छ।

आरजी क्रियसन्सको कन्सेप्ट र डिजाइन

म्याजेस्टिक ग्रान्डको कन्सेप्ट, डिजाइन र निर्माण आरजी क्रियसन्स नेपालले गरेको हो। आरजी क्रियसन्स् नेपालका अध्यक्ष राम गिरी आफूले निर्माण गर्ने हरेक इभेन्ट भेन्यू ‘मास्टर पिस’ हुने गरी नै सम्पन्न गरिएको दाबी गर्छन्।

‘हामी कुनै पनि निर्माणलाई भव्य, आकर्षक र सुन्दर बनाउन चाहिने कन्टेन्ट के-के हुन सक्छन्, तिनको पर्याप्त रिसर्च गरेरमात्र अप्लाई गर्छौं,’ अध्यक्ष गिरीले भने, ‘जसका कारण आरजी क्रियसनले डेभलप गरेका प्रोजेक्ट अन्यभन्दा भिन्न, भव्य र आकर्षक हुन्छन्।’

५ तारे होटलमा भन्दा पनि अब्बल इन्टेरियर सामग्री प्रयोग गरेर निर्माण गरिएको म्याजेस्टिक ग्रान्ड आरजी क्रियसन्सका लागि समेत गर्व गर्न लायकको इभेन्ट भेन्यू बनेको अध्यक्ष गिरीले बताए।

अध्यक्ष गिरीको दाबी छ, ‘आफ्नो आवश्यकता र स्पेस अनुसारको साइजमा फ्युजन गरेर इन्टेरियर सामग्री विदेशबाट आयात गरेर जडान गरिने भएकाले अरुभन्दा भिन्न छ।’

आरजी क्रियसनले यसअघि अन्य ब्यांक्वेटहरू पनि निर्माण गरेको छ।

‘उस्तै कन्सेप्टका २ वटाभन्दा बढी ब्यांक्वेट निर्माण गरिएको छैन,’ अध्यक्ष गिरीले भने ।

काठमाडौं उपत्यकामा रामबाघ महल, म्याजेस्टिक ग्रान्ड, हर्षबाटिका, ताज रिसेप्सन, बौद्ध हेरिटेज, डेजाभु, पानस ब्यांक्वेट एण्ड इभेन्ट, इम्पेरियल ब्यांक्वेट र रोयल इम्पायर लगायत यसका उदाहरणहरू हुने अध्यक्ष गिरीले जानकारी दिए।