नेप्सेमा झिनो सुधार, लगानीकर्ताको रोजाइमा जलविद्युत कम्पनी, पौने ९ अर्बको कारोबार

बिजमाण्डू
२०८२ बैशाख २३ गते १५:३४ | May 6, 2025
नेप्सेमा झिनो सुधार, लगानीकर्ताको रोजाइमा जलविद्युत कम्पनी, पौने ९ अर्बको कारोबार

काठमाडौं। पाँच दिन लगातार गिरावटपछि सेयर बजारमा झिनो सुधार आएको छ। नेप्से परिसूचक मंगलबार १.०३ अंकले बढैको छ।

Tata
GBIME

बजार खुलेको १५ मिनेटमै २६२५ अंकमा पुगेको नेप्से अन्तिममा २६११.४३ विन्दु कायम भयो। जलविद्युत, व्यापार लगायत विभिन्न ५ वटा उपसमूहले नेप्सेलाई रातो हुनबाट जोगाएका हुन्। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.०३ र जलविद्युत उपसमूहको सूचक १.४० प्रतिशतले उकालो लागेको छ।

बजारमा १२० कम्पनीको सेयर भाउ बढेको छ भने १२६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सबैभन्दा धेरै गुमाउनेमा विन नेपाल लघुवित्तका लगानीकर्ता छन्। योकम्पनीको सेयर भाउमा नेगेटिभ सर्किट लागेको छ।

बजारमा ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। धेरै कारोबार हुने शीर्ष ५ कम्पनीको सूचीमा जलविद्युत कम्पनी छन्। सानिमा माइ हाइड्रोपावरको सबैभन्दा धेरै ९२ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।