
काठमाडौं। सेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ। नेप्से सूचक सोमबार ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा आएको छ।
माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेकका उपसमूहले नेप्से घटाएका हुन्। नेप्से पाँच कारोबार दिनमा ५१ अंकले घटेको छ।
सोमबार १५९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
हिमालयन पावर पार्टनरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। ८६ कम्पनीको सेयर मूल्य बढेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स, सिटिजन सुपर ३० म्युचुअल फण्ड र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
बजारमा ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। राधी विद्युत कम्पनीको सर्वाधिक ७६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
यस्तै, ङादी ग्रुप पावरको ५५ करोड ६२ लाख र सानिमा माई हाइड्रोपावरको ४८ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।