
काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। नेप्से सूचक बुधबार ८.१४ अंकले घटेर २६२३.८३ विन्दुमा आएको छ। १३ मध्ये जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र व्यापार बाहेकका सबै समूहको सूचक घट्दा बजार घटेको हो। कारोबार रकममा भने अघिल्लो दिनका तुलनामा बढेको छ।
१३६ कम्पनीको सेयरमूल्य घट्दा तिनका लगानीकर्ताले गुमाएका छन्। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
१०७ कम्पनीको सेयर मूल्य बढेको छ। समाज लघुवित्त वित्तीय संस्था, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
बजारमा ९ अर्ब ३७ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। राधी विद्युतको सर्वाधिक ५८ करोड ४ लाख र ङादी ग्रुप पावरको ५२ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यसअघि मंगलबार बजार परिसूचक १५.०८ अंकले घटेर नेप्से २६३१.९८ विन्दु कायम हुँदा ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।