पेट सम्बन्धी यी दुई औषधि तुरुन्तै बजारबाट फिर्ता गर्न निर्देशन, भेटियो गुणस्तरहीन

बिजमाण्डू
२०८२ बैशाख ८ गते १६:२७ | Apr 21, 2025
पेट सम्बन्धी यी दुई औषधि तुरुन्तै बजारबाट फिर्ता गर्न निर्देशन, भेटियो गुणस्तरहीन

काठमाडौं । औषधि व्यवस्था विभागले बजारबाट पेटसम्बन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन जारी गरेको छ।

Tata
GBIME

‘पिलपान ४० एमजी’  र  ‘एसीटप ४० एमजी’ नामक दुवै औषधिहरू परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो। उक्त ब्याच नं भएका औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई विभागले अनुरोध गरेको छ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको औषधिहरूको नमूना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा उत्पादकबाट उत्पादित उक्त ब्याच नं का औषधिहरू न्यून गुणस्तर पाइएको जारी सूचनामा उल्लेख छ।

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी उक्त ब्याचका औषधिहरू बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूलाई सूचनामार्फत निर्देशन दिइएको छ।