विश्वकै अग्लो पुल संचालनमा ल्याउँदै चीन, दुई घण्टाको दुरी १ मिनेटमा पार गर्न सकिने

बिजमाण्डू
२०८२ बैशाख ४ गते ०९:५४ | Apr 17, 2025
विश्वकै अग्लो पुल संचालनमा ल्याउँदै चीन, दुई घण्टाको दुरी १ मिनेटमा पार गर्न सकिने
Photo : Qin Gang/VCG/Getty Images


आउने केही महिनामै चीनले विश्वकै अग्लो पुल संचालनमा ल्याउँदैछ। भौतिक पूर्वाधार निर्माणमा फड्को मारिरहेको चीनको यो आयोजना इन्जिनियरिङको हिसाबले अभूतपूर्व रहेको बताइन्छ।

Vigo
GBIME
Tata

चीनको गुन्जाउमा हुजियाङ ग्रान्ड कनयोन पुल निर्माणको अन्तिम चरणमा छ। नदीभन्दा यो पुल २ हजार ५१ फिट माथि निर्माण गरिएको छ।

हाल विश्वकै अग्लो पुल फ्रान्सको मिलाउ भियडक्ट हो। यो पुल नदीभन्दा मात्र १ हजार १०४ फिट अग्लो छ। संचालनमा आएसँगै चीनको पुल विश्वकै सबैभन्दा अग्लो पुलको रुपमा दर्ज हुनेछ।  

गुन्जाउ प्रान्त चीनको हिमाली भेग हो। यसको भूबनोट निके अफ्ठेरो छ। निर्माणधिन पुलले ‘ड्रामाटिक’ मानिने ‘अर्थ क्रयाक’ भनिने हुजियाङ ग्रान्ड कनयोनलाई पार गर्छ। हाल यो भेग पार गर्न लामो यात्रा गर्नुपर्छ।

पछिल्लो समय चीनले पहाडी र हिमाली भेगमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ। गुन्जाउ चीनको पूर्वमा रहेको सेन्जेन सहरभन्दा मात्र ८०० माइल्स टाढा छ।

त्यसैले अहिले बनिरहेको पुलले मात्र विश्व रेकर्डमात्र बनाउने होइन। यसले सो क्षेत्रमा सवारी संचालनलाई समेत सहज बनाउनेछ। हिमाली भेगलाई सुगम क्षेत्रसँग पुग्न सहयोगी बन्नेछ पुल।

चिनियाँ मिडियाका अनुसार हुजियाङ ग्रान्ड कनयोन पार गर्न पहिला २ घण्टा लाग्थ्यो। यो पुल संचालनम आएसँगै दुरी १ मिनेटमा पार गर्न सकिनेछ।

स्टिल ट्रस सस्पेन्सन पुलको लम्बाई ९ हजार ४८२ फिट छ। सबै ट्रसको कूल तौल २२ हजार टन छ। यो भनेको पेरिसमा रहेको ३ वटा आइफिल टावर बराबरको तौल हो।

पुलको निर्माण सन् २०२२ जनवरी १८ मा सुरु भएको थियो। सन् २०२५ को जुन ३० सम्म पुलको निर्माण कार्य सम्पन्न हुने जनाइएको छ। हालसम्म ९५ प्रतिशत काम सकिएको यो पुलको संचालन सन् २०२५ जुन महिना लगत्तै गर्ने तयारी छ।

चीनले यो आयोजनालाई चीनको पूर्वाधार निर्माणमा दक्षता प्रदर्शन गर्ने ‘ल्यान्डमार्क प्रोजेक्ट’का रुपमा दर्ज गर्नेछ। हाल विश्वका १०० अग्ला पुल मध्ये आधार पुलहरु गुन्जाउँमै छन्।