नाइमाको औपचारिक शुभारम्भ आजबाट, साउनमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने

बिजमाण्डू
२०८२ बैशाख ३ गते १५:४५ | Apr 16, 2025
नाइमाको औपचारिक शुभारम्भ आजबाट, साउनमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरस एशोसिएसन (नाइमा) औपचारिक रुपमा सुरु भएको छ। ‘इम्पावरिङ ग्रोथ थ्रु मोबिलिटी’ नारा साथ संस्थाको सुरुवात भएको हो।

Tata
GBIME

नाइमाको पहिलो अध्यक्ष रितु सिंह वैद्य हुन्। उनले आजको कार्यक्रममा नाइमाको आधार स्तम्भ उल्लेख गर्दै संस्थाले नेपालको अटो मोबिलिटी क्षेत्रको प्रतिनिधित्व गर्ने बताएकी छन्।

 उनले नेपालको मोबिलिटी क्षेत्रको विकास र सामूहिक आवाजको वकालत गर्न एकीकृत प्लेटफर्म नाइमा रहेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको मोबिलिटी क्षेत्रको यसले प्रतिनिधित्व गर्ने बताइन्। यस्तै, यसले रणनीतिक सहकार्य समेत गर्ने उनले उल्लेख गरेकी छन्।

कार्यक्रममा नेपाल मोबिलिटी एक्स्पो हुने बारे पनि जानकारी गराइएको छ। २०८२ साल साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा मोबिलिटी एक्स्पो हुने जनाइएको छ।  

नाईमा संचालक समितिमा सुहृदराज घिमिरे, शेखर गाेल्छा, साैरभ ज्याेति, क्याबिनेट श्रेष्ठ, हेमन्त गाेल्छा, सन्दिप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदायन काब्रा रहेका छन्।

संचालक समिति सदस्य सुहृद घिमिरेले कसैसँग दन्द्व बढाउने नभई सबैसँग सहकार्य गरि अघि बढ्ने संस्थाको उद्देश्य रहेको बताए। उनले सरकारी निकायले ‘लक्जरी प्राडक्ट’काे रूपमा परिभारषित गर्दै अटाे व्यवसायीलाई अप्ठेराे पार्ने गरेकाले नीतिगत लबिङका लागि काम गर्ने समेत बताएका छन्।