
काठमाडौं। एमएडब्लु वृद्धि अटोकर्पले ‘ट्रान्सफर्मर एसयूभी’ भनेर चिनिने डिपल ई०७ को औचपारिक डेलिभरी सुरु गरेको छ।
डिपल ई०७ एउटा बटन थिच्ने बित्तिकै ‘लक्जरियस एसयूभी’बाट सजिलैसँग ‘पिकअप ट्रक’ र ‘क्याम्पिङ भेहिकल’मा परिणत हुनसक्छ। ‘इन्डस्ट्री फर्स्ट’ फिचर, ‘कटिङ एज’ प्रविधि र अद्वितीय पर्फर्मेन्स भएको ई०७ ले अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्ड स्थापना गरेको कम्पनीको दाबी छ।
‘रियर ह्विल ड्राइभ’ र ‘अल ह्विल ड्राइभ’ दुवै भेरियन्टमा उपलब्ध हुने ई०७ ले पावर र पर्फर्मेन्स दुवै प्रदान गर्छ। हाललाई ‘रियर ह्विल ड्राइभ’को डेलिभरी सुरु भएको हो।
‘रियर ह्विल ड्राइभ’मा १९० किलोवाटको मोटर जडान गरिएको छ, जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ। यसमा ८९.९ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले सिंगल चार्जमा ५६६ किलोमिटरको रेन्ज दिन्छ।
‘हामीले ई०७ लाई नेपालमा सार्वजनिक गरेपछि बुकिङ सुरु गरेका थियौं। बजारबाट हामीले एकदमै राम्रो प्रतिक्रिया पाएका छौं,’ एमएडब्लु वृद्धिका सीइओ रुपेश शर्मा भट्टले भने, ‘बुकिङ गर्नु भएका ग्राहकको पहिलो ब्याचलाई हामी डेलिभरी दिइसकेका छौं। हामी ग्राहकको साथ र विश्वासका लागि धन्यवाद दिन चाहन्छौं र विश्वस्तरीय उत्पादन नेपाली बजारमा ल्याउन प्रतिबद्ध छौं।’
बुकिङको डेढ महिनापछि ग्राहकले अन्ततः ई०७ को डेलिभरी पाएका हुन्। ई०७ ले एड्भेन्चरको कन्सेप्टलाई नै पुनः परिभार्षित गरिदिएको कम्पनीले दाबी गरेको छ।
ई०७ मा प्रयोग गरिएको ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिङ प्लेटफर्म’ले ‘सिमलेस कन्ट्रोल’ र ‘रियलटाइम रेस्पोन्स’ दिन्छ। यसमा २८.८६ इन्टको ‘अग्मेन्टेड रियारिटी हेडअप डिस्प्ले’ र १५.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ प्रयोग गरिएको छ जसले ‘ड्राइभिङ एक्सपिरियन्स’ लाई राम्रो बनाउने मात्र होइन सुरक्षित पनि बनाउँछ।
सहज यात्रा र सुरक्षाका लागि यसमा ५ प्रकारको ‘क्रुज असिस्ट’, ४ वटा ‘पार्किङ असिस्ट’ फिचर र १४ वटा ‘सेफ्टी प्रोटेक्सन सिस्टम’, ५ एमएमको ‘वेब राडार’, ५ वटा क्यामेरा र १२ वटा ‘अल्ट्रासोनिक राडार’ प्रयोग गरिएको छ। साथै, यसमा ५४० डिग्रीको ‘सराउन्ड भ्यु’ र ‘सी२ सेन्ट्रल कम्प्युटिङ’ रहेको छ जसले ‘नेभिगेसन’ र पार्किङलाई सजह बनाउँछ।
ई०७ मा ‘गोल्डेन बेल जार सीटीभी इन्टिग्रेटेड ब्याट्री’ प्रयोग गरिएको छ। यो ब्याट्रीले अत्यन्त चिसोमा पनि राम्रो ‘पर्फर्मेन्स’ दिने कम्पनीले बताएको छ।
‘एडाप्टिभ आयल कुलिङ सिस्टम’ र ‘अल्ट्रा-थिन सिलिकन मोटर कभरिङ’ले ब्याट्रीको ‘इफिसेन्सी, रिलायबिलिटी र इनर्जी सेभिङ’मा मद्दत गर्छ। यसको ‘युनिक सुपर पावर सेभिङ मोड’मा धेरै रेन्ज पाउन सकिन्छ।