नयाँ वर्षमा महालक्ष्मी विकास बैंकको योजना, ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने

बिजमाण्डू
२०८१ चैत्र २८ गते १६:५२ | Apr 10, 2025
नयाँ वर्षमा महालक्ष्मी विकास बैंकको योजना, ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने


काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी घर कर्जा’ एकलअंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ।

Tata
GBIME
NLIC

नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ क्षेत्रमा नै सस्तो तथाप्रतिस्पर्धी ब्याजदर कायम रहने गरि ग्राहकहरुलाई घर खरिद गर्न, निर्माण गर्न, पुर्ननिर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न बैंकले यस्तो कर्जा प्रदान गर्ने भएको हो।

यस्तो कर्जा वातावरणीय विशेषता पुष्टी गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरुको प्रयोग गरिएको हुनुपर्ने बैंकले जनाएको छ। यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रवर्धन गर्न तथा नेपाल राष्ट्र बैंकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंकले हालै मात्र भारतको प्रतिष्ठित म्यागजिन ‘बिजनेस कनेक्ट’ बाट ग्राहक केन्द्रित बैंकको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको थियो। यस्तै, मोबाइल एप्लिकेसनलाई समेत परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथीु संचालनमा ल्याइएको बैंकले जनाएको छ।