नेपाल रि-इन्स्योरेन्सको व्यवसाय बिग्रियो, २७.४१ प्रतिशतले घट्यो खुद नाफा

बिजमाण्डू
२०८१ चैत्र २१ गते ११:०८ | Apr 3, 2025
नेपाल रि-इन्स्योरेन्सको व्यवसाय बिग्रियो, २७.४१ प्रतिशतले घट्यो खुद नाफा

काठमाडौं। नेपाल रि-इन्स्योरेन्सको वित्तीय अवस्था बिग्रिएको छ। कम्पनीले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नेपाल रिको व्यवसायसँगै नाफामा गिरावट आएको छ।

Tata
GBIME

इन्स्योरेन्सको मुनाफा गत वर्ष २७.४१ प्रतिशतले घटेको छ। कम्पनीले अघिल्लो वर्ष १ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएकामा पोहोर १ अर्ब १३ करोड रुपैयाँमा खुम्चिएको छ।

कम्पनीको खुद बीमा शुल्क आर्जन ३.९३ प्रतिशतले घटेको छ। प्रति सेयर आम्दानी १२.१७ ‍रुपैयाँबाट घटेर ८.४३ मा सीमित भएको छ।

इन्स्योरेन्सले ७ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको वित्तीय विवरणमा उल्लेख छ।

सूचक२०८०/८१२०७९/८०फरक %
चुक्ता पुँजी (रु लाखमा)१३४२२११२८१३५४.७५
खुद नाफा (रु लाखमा)११३१६१५५८८-२७.४१
खुद बीमा शुल्क (रु लाखमा)९४९२४९८८०३-३.९३
दाबी भुक्तानी (रु लाखमा)७००४४७५७६२-७.५५
प्रति सेयर आम्दानी (रुपैयाँ)८.४३१२.१७-३०.३७
नेटवर्थ (रुपैयाँ)१४५