ईद उल फित्रको अवसरमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

बिजमाण्डू
२०८१ चैत्र १७ गते १९:२८ | Mar 30, 2025
ईद उल फित्रको अवसरमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्रको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा निर्णय गरेको छ।

Tata
GBIME

गृह मन्त्रालयले भोलि सार्वजनिक बिदाको सूचना निकालेको हो।

मुस्लिम आयोगबाट पत्र आएपछि सरकारले भोलिको दिन बिदा दिने निर्णय गरेको हो।

चन्द्रमा देखिएको दिनलाई आधार बनाएर मुस्लिम आयोगले सार्वजनिक बिदाको लागि सिफारिस गरेको हो।

सरकारले यसअघि नै बिदाको क्यालेन्डरमा इद उल फित्रलाई सार्वजनिक बिदामा राखिसकेको छ।