हुलदङ्गामा भएको क्षतिको बीमा दाबी यथाशक्य छिटो भुक्तानी गर्न प्राधिकरणको निर्देशन

बिजमाण्डू
२०८१ चैत्र १७ गते १७:३८ | Mar 30, 2025
हुलदङ्गामा भएको क्षतिको बीमा दाबी यथाशक्य छिटो भुक्तानी गर्न प्राधिकरणको निर्देशन
तीनकुनेमा प्रदर्शनकारी निजी घरमा आगजनी गर्दै। फाइल तस्वीर

काठमाडौं। नेपाल बीमा प्राधिकरणले चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएको धन सम्पत्तिको क्षतिमा बिमा दाबी यथाशक्य छिटो भुक्तानी गर्न निर्देशन दिएको छ।

Tata
GBIME

प्राधिकरणले बीमा दाबी सहजरूपमा यथाशक्य छिटो भुक्तानी गर्न निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई आइतबार निर्देशन दिएको हो।

१५ गतेको प्रदर्शनमा राजावादीहरुले निजी सम्पत्तिमा तोडफोड र आगजनी गरेका थिए। लुटपाट समेत भएको थियो।

प्राधिकरणले हुलदङ्गाका कारण भएको क्षतिको विवरण एक्सेल स्प्रिडसिट ढाँचामा आफूले दिएको गुगल फर्मको लिङ्कमार्फत साप्ताहिकरूपमा प्रत्येक हप्ताको बुधबार प्राधिकरणमा पेस गर्न पनि कम्पनीहरुलाई निर्देशन दिएको छ ।