
काठमाडौं। निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय ८.९१ प्रतिशतले बढाएका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार ४ वटा माइक्रोसहित डेढ दर्जन कम्पनीले चालु आर्थिक वर्ष ८ महिनामा २८ अर्ब ६० करोड रुपैयाँ प्रिमियम आर्जन गरेका हुन।
पोहोर ८ महिनामा निर्जीवन बीमा कम्पनीले २६ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।
११ वटा कम्पनीले व्यवसाय बढाएका छन्। शिखर इन्स्योरेन्सले सर्वाधिक ४ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। राष्ट्रिय बीमा कम्पनी, युनाइटेड अजोड र प्रभु इन्स्योरेन्सको व्यवसायमा गिरावट आएको छ।
निर्जीवन बीमा कम्पनीले दुई आर्थिक वर्षको ८ महिनामा आर्जन गरेको बीमा शुल्क रु लाखमा
बीमा कम्पनी | २०८१/८२ | २०८०/८१ | फरक प्रतिशत |
शिखर | ४०१३९.५६ | ३७१८७.२५ | ७.९४ |
सगरमाथा लुम्बिनी | ३३२४४.६३ | ३०४३१.९८ | ९.२४ |
सिद्धार्थ प्रिमियर | २७५३९.५६ | २५६११.३६ | ७.५३ |
आइजीआई प्रुडेन्सियल | २३७६०.७९ | २३०२३.४६ | ३.२ |
हिमालयन एभरेष्ट | २२१०५.७९ | २०८९१.७० | ५.८१ |
नेको | २१९४८.७६ | २११९१.२५ | ३.५७ |
एनएलजी | १८५९१.२६ | १६२०७.३१ | १४.७१ |
ओरियन्टल | १७०३५.५८ | ११८२४.७८ | ४४.०७ |
युनाइटेड अजोड | १५९८६.४५ | १७४६९.३२ | -८.४९ |
सानिमा जीआईसी | १५७१०.३१ | १५६१३.७३ | ०.६२ |
नेपाल इन्स्योरेन्स | १४०२४.०८ | ९९४७.०६ | ४०.९९ |
प्रभु | ११६१५.२४ | १२०१७.४५ | -३.३५ |
राष्ट्रिय बीमा कम्पनी | १०९३८.७१ | १२६२०.१६ | -१३.३२ |
नेसनल | ७६४७.७९ | ७६१३.९२ | ०.४४ |
नयाँ पोलिसीको बिक्री बढ्दा कम्पनीहरुको व्यापारमा सुधार आएको हो। फागुनसम्म इन्स्योरेन्सले बीमा पोलिसी बिक्री ५.६८ प्रतिशतले बढाएका छन्।
गत वर्ष ८ महिनामा १९ लाख ६२ हजार बीमा लेख बिक्री गरेका कम्पनीले यस वर्ष सोही अवधिमा २० लाख ७३ हजार बीमालेख बिक्री जारी गरेको प्राधिकरणले जनाएको छ।