सौर्य एयरलाइन्स पुन: उडानको तयारीमा, आवश्यक कर्मचारी भर्ना, क्यानले गर्‍यो अडिट  

बिजमाण्डू
२०८१ चैत्र ६ गते १९:१७ | Mar 19, 2025
सौर्य एयरलाइन्स पुन: उडानको तयारीमा, आवश्यक कर्मचारी भर्ना, क्यानले गर्‍यो अडिट   


काठमाडौं। ८ महिनापछि पुनः व्यावसायिक उडानको तयारी गरिरहेको सौर्य एयरलाइन्सको पहिलो चरणको अडिट सम्पन्न भएको छ।

Tata
GBIME
NLIC

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सौर्य एयरलाइन्सलाई पुनः उडान इजाजत दिन सुरक्षा व्यवस्थापन प्रणालीको अडिट गरेको हो। क्यानले सोमबार पुनः अडिट गर्ने छ।

‘हामी पुनः उडान सञ्चालनको तयारीमा छौं। एक चरणको एसएमएस अडिट सकिसकेको छ,’ ती कर्मचारीले भने, ‘एउटा फलोअप अडिटपछि टेस्ट फ्लाइट गर्नेछौं।’

कम्पनीले नियमित व्यावसायिक उडान पुनः सञ्चालन गर्न आवश्यक कर्मचारी भर्ना गरिसकेको छ। इन्जिनियरिङ, मर्मत, सुरक्षा, गुणस्तर लगायत काम हेर्न आवश्यक जनशक्ति भर्ना गरिसकेको ती कर्मचारीले जानकारी दिए।

कम्पनीसँग अहिले बम्बार्डियर कम्पनीका सीआरजे २०० सिरिजका दुईवटा जहाज छन्। जसमध्ये एउटा मात्र उडानयोग्य छ। तीन अर्ब रुपैयाँ खर्च गरी एक वर्षभित्र २ वटा एटीआर ७२-६०० सिरिजको जहाज ल्याउने योजना अगाडि बढाइसकेको कम्पनीको दाबी छ।

सौर्य एयरलाइन्सको उडान गत साउन १० देखि बन्द छ। एयरलाइन्सको जहाज काठमाडौंबाट पोखरामा उडान गर्ने क्रममा साउन ९ गते त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो।