लगानी व्यवस्थापन इकाई स्थापना गर्न इन्स्योरेन्स कम्पनीहरुलाई प्राधिकरणको निर्देशन

बिजमाण्डू
२०८१ चैत्र ६ गते १७:०९ | Mar 19, 2025
लगानी व्यवस्थापन इकाई स्थापना गर्न इन्स्योरेन्स कम्पनीहरुलाई प्राधिकरणको निर्देशन

काठमाडौं। नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्स कम्पनीहरुलाई लगानी व्यवस्थापन इकाई स्थापना गर्न निर्देशन दिएको छ। प्राधिकरणले जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिएको हो।

Tata
GBIME

प्राधिकरणको निर्देशनअनुसार इन्स्योरेन्सले लगानी व्यवस्थापन गर्न लगानी सम्बन्धी अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी इकाई स्थापना गर्नु पर्नेछ।

इकाई स्थापनाको जानकारी सात दिनभित्र गराउन निर्देशनमा भनिएको छ। प्राधिकरणको यो निर्देशन लघुबीमा कम्पनीहरूलाई पनि लागू हुनेछ।

त्यस्तै, बीमा कम्पनीहरूलाई लगानी सम्बन्धी व्यवस्थाको कार्यान्वयनको अवस्थासमेत एक साताभित्र जानकारी गराउन भनेको छ।