
काठमाडौं। नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी बढुवा भएका छन्।
प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पदपूर्ति समितिको सिफारिस बमोजिम सुवेदीलाई बढुवा गरेको हो।
सुवेदीले शुक्रबार नै कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको प्राधिकरणले जनाएको छ। कार्यकारी निर्देशकको पदावधि ५ वर्षको हुनेछ।