
काठमाडौं। बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी ५.७ प्रतिशतले बढाएका छन्।
चालु आर्थिक वर्ष सात महिनामा बीमा कम्पनीहरुले मुद्दती निक्षेपमा ३४ अर्ब २१ करोड रुपैयाँ लगानी गरेका छन्। मुद्दती निक्षेपमा उनीहरुको लगानी ६ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ।
बीमा कम्पनीहरुले गत असार मसान्तसम्म मुद्दती निक्षेपमा ६ खर्ब १ अर्ब रुपैयाँ लगानी गरेका थिए।