काठमाडौं। यती डिस्टिलरीले अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त पौभा कलाकार समुन्द्रमान सिंह श्रेष्ठलाई सम्मान गरेको छ। नेपाली परम्परागत कलाको संरक्षण र विश्वस्तरमा यसको प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै यती डिस्टिलरीले सम्मान गरेको हो।
यती डिस्टिलरीले उत्पादन गरिरहेको ओल्ड दरबारको पछिल्लो संस्करण फिफ्टिन इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्कीमा श्रेष्ठले कोरेको कलाकृति ‘द मिथिकल क्रिएचर्स’ मा समावेश गरिएको छ।
श्रेष्ठको ‘द मिथिकल क्रिएचर्स’ नेपालको समृद्ध कला एवं सांस्कृतिक विरासतप्रतिको सम्मान भएको कम्पनीले जनाएको छ।
‘यो कलाकृतिले सजीव र निर्जीव दुवै जगतमा प्रतिकात्मक तथा अलौकिक जीवजन्तुलाई चित्रण गर्दै नेपालको सम्पन्नशाली कलात्मक धरोहरको गुणगान गर्छ। यो कलाकृतिले मयूर, श्वेतशार्दूल, नीलशार्दूलजस्ता श्रद्धेय अनुप्रतिकहरूप्रति सम्मान प्रकट गर्नुका साथै पृथ्वी, जल, अग्नि, वायु (बादलद्वारा प्रतिनिधित्व गराइएको) र आकाश (गाढा पृष्ठभूमिमा चित्रित) जस्ता पञ्चतत्त्वलाई पनि एकीकृत रूपमा समेटेको छ। यो हाम्रा पुर्खा तथा अग्रज कलाकारहरुप्रतिको सम्मान र नेपाली सांस्कृतिक पहिचानको प्रतिविम्ब दुवै हो,’ श्रेष्ठले भने।
यस्तै, यती डिस्टिलरीका प्रबन्ध निर्देशक अभिषेक श्रेष्ठले नेपाली कलाकारहरूलाई समर्थन र सांस्कृतिक धरोहरको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे।
ख्यातिप्राप्त कलाकारहरू लोक चित्रकार र छिरिङ शेर्पासँगको सफल साझेदारीपछि कला क्षेत्रसँग यती डिस्टिलरीको यो तेस्रो सहकार्य हो।
यती डिस्टिलरीले ओल्ड दरबार ह्विस्कीका साथै ८८४८ भोड्का र हनी हन्टर रमजस्ता प्रिमियम ब्रान्डका मदिरा उत्पादन गरिरहेका छन्।










