सिद्धार्थ बुटिक होटल बौद्धमा शनिबार सांगीतिक कार्यक्रम, नि:शुल्क प्रवेशको व्यवस्था



बिजमाण्डू
२०८१ फागुन १६ गते १४:३३ | Feb 28, 2025
सिद्धार्थ बुटिक होटल बौद्धमा शनिबार सांगीतिक कार्यक्रम, नि:शुल्क प्रवेशको व्यवस्था


काठमाडौं। बौद्धस्थित सिद्धार्थ बुटिक होटलले ग्याल्पो ल्होसारका अवसरमा सांगीतिक कार्यक्रम घोषणा गरेको छ। होटलले शनिबार दिउँसो ३ बजेदेखि राति होटल परिसरमा सांगीतिक कार्यक्रम गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

कार्यक्रममा विश्व दोङ, सुमिना लो, लाक्पा तेन्जी शेर्पा, पाल्मु शेर्पा, बालगायक लाक्पा डोमा शेर्पालगायत कलाकारले प्रत्यक्ष प्रस्तुति गर्नेछन्।

कार्यक्रममा सहभागीहरुले डिजे नवाङको रोमाञ्चक डिजे सेसन, लाइभ ब्याण्ड प्रस्तुति र सांस्कृतिक नृत्यको पनि मजा लिन सक्ने होटलले जनाएको छ।

होटलका प्रबन्धक रविन अर्यालले कार्यक्रममा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको जानकारी दिए। कार्यक्रममा एक हजारभन्दा बढी दर्शक उपस्थित हुने होटलको अनुमान छ।

कार्यक्रममा खाना तथा पेय पदार्थका स्टल पनि हुनेछन्। खाना तथा पेय पदार्थको भने पैसा तिर्नुपर्नेछ।