मेलुङ थकाली रेस्टुरेन्ट आफ्नो साम्राज्य बढाउँदै, दुई वर्षमा खोल्यो आठौं आउटलेट



बिजमाण्डू
२०८१ फागुन १२ गते १३:५५ | Feb 24, 2025
मेलुङ थकाली रेस्टुरेन्ट आफ्नो साम्राज्य बढाउँदै, दुई वर्षमा खोल्यो आठौं आउटलेट


काठमाडौं। मेलुङ थकालीले सञ्चालनमा आएको २ वर्षमा ८औं आउटलेट खोलेको छ। रेस्टुरेन्टले ३ करोड रुपैयाँको लगानीमा काठमाडौंको बालुवाटरमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो।

Tata
GBIME

ग्राहकको माग अनुसार बालुवाटरमा आउटलेट खोलेको रेस्टुरेन्टका सञ्चालक वसन्त लामाले बताए। रेस्टुरेन्टमा थकालीका साथै इटालियन र अमेरिकी परिकार पनि राखिएको छ। लामाले रेस्टुरेन्टमा १०० भन्दा बढी परिकार राखिएको जानकारी दिए।

रेस्टुरेन्टले तामाकोशीको माछा र फापरको ढिडोलाई विशेष परिकारको रुपमा राखेको छ।

रेस्टुरेन्टले दोलखाका स्थानीय खाद्य सामाग्रीलाई प्राथमिकता दिएको छ। लामाले माछा, बासमती चामल, गुन्द्रुक, भटमास, टिमुर, जिम्बु, बेसार लगायत खाद्य सामाग्री दोलखाबाट मगाउने गरेको बताए।

हिमाली क्षेत्रको अनुभूति दिने गरी संरचना बनाइएको छ। २५० जनाको क्षमता रहेको रेस्टुरेन्टमा एकपटकमा ३० वटा चार पाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्छ।

२ वर्ष अगाडि एयरपोर्टबाट सेवा सुरु गरेको रेस्टुरेन्टले ललितपुर र माच्छापोखरीमा पनि आउटलेट विस्तार गर्देछ।