एमजीको एस ५ इभी भित्रियो नेपाल, भोलि काठमाडौं आइपुग्ने, मूल्य तोक्न बाँकी

बिजमाण्डू
२०८१ फागुन ८ गते १६:०२ | Feb 20, 2025
एमजीको एस ५ इभी भित्रियो नेपाल, भोलि काठमाडौं आइपुग्ने, मूल्य तोक्न बाँकी


काठमाठौं। मोरिस ग्यारेज(एमजी) को नयाँ गाडी एस ५ इभी नेपाल आएको छ। यो विद्युतीय एसयूभी पारामाउन्ट मोटर्सले ल्याएको हो।

Tata
GBIME
NLIC

कम्पनीले सेतो र कालो कलरको गाडी ल्याएको छ। तातोपानी भन्सार आइपुगेको गाडी शुक्रबार काठमाडौं ल्याउने कम्पनीले जनाएको छ।

यो गाडीलाई चिनियाँ बजारमा ईएस ५ भनेर भनिए पनि निर्यात गर्दा एमजी एस ५ भनेर ब्रान्डिङ गरिएको छ।

कम्प्याक्ट क्रसओभर एसयूभी रियल ह्वील ड्राइभ गाडी हो। यसको पछाडी मोटर हुन्छ। मोडुलर स्केबल प्लेटफर्ममा निर्माण गरिएको यो इभी एमजीको जेडएस इभीभन्दा फरक छ।

एमजी एस ५ को मूल्य ४५ देखि ६० लाख रुपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ। यद्यपि, यसको आधिकारिक मूल्य सार्वजनिक हुन बाँकी छ। गाडी अर्को साता सार्वजनिक गर्ने कम्पनीको तयारी छ।

यो गाडी दुईवटा ब्याट्री विकल्पमा उपलब्ध छ। यसमा ४९.१ किलोवाट आवर(युनिट) र ६२.२ किलोवाट आवरको ब्याट्री प्याक छ। ४९.९ किलोवाट आवरले ४३५ किलोमिटर र ६२.२ किलोवाट आवरले ५२५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

एमजी एस ५ मा १५.६ इन्चको टचस्क्रिन, १०.२५ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, थ्री स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील जस्ता विशेषता छन्।

यसको ह्वीलबेस २७ सय ३० एमएम, लम्बाई ४ हजार ४७६ एमएम, चौडाई १ हजार ८४९ एमएम र १ हजार ६२१ एमएमको छ। गाडीमा १७ इन्च एलोय ह्वील विकल्पमा १७६ एमएम ग्राउन्ड क्लियरेन्स र १८ इन्च एलोय ह्वील विकल्पमा १८० एमएम ग्राउन्ड क्लियरेन्स पाइन्छ।