पोहोर जस्तै गाडी आयातको ट्रेन्ड : ७ महिनामा ६ हजार इभी भित्रियो, इन्धनका कति?

बिजमाण्डू
२०८१ फागुन ८ गते १४:२४ | Feb 20, 2025
पोहोर जस्तै गाडी आयातको ट्रेन्ड : ७ महिनामा ६ हजार इभी भित्रियो, इन्धनका कति?


काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा ६ हजार २५६ युनिट विद्युतीय प्यासेन्जर गाडी आयात भएको छ। यस्तै, २ हजार ६६८ युनिट इन्धन गाडी नेपाल भित्रिएका छन्।

Tata
GBIME
NLIC

भन्सार विभागले बिहीबार प्रकाशित गरेको तथ्यांक अनुसार ७ महिनामा १४ अर्ब ७५ करोड रुपैयाँ बराबरको ६ हजार भन्दा धेरै इभी कार, जीप र भ्यान प्यासेन्जर गाडी आयात भएका छन्। यसबाट सरकारले ९ अर्ब ४ करोड रुपैयाँको राजश्व संकलन गरेको छ।

गत वर्ष पनि सोही अवधिमा उस्तै संख्यामा प्यासेन्जर इभी आयात भएको थियो। गत वर्ष १५ अर्ब रुपैयाँ बराबरको ६ हजार १५९ युनिट गाडी आयात भएको थियो।

यस्तै सोही अवधिमा ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको २ हजार ६६८ युनिट इन्धन प्यासेन्जर सवारीसाधन आयात भएका छन्। यसबाट सरकारले ९ अर्ब ५३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ।

गत वर्षको तुलना यो वर्ष पनि इन्धन सवारीको आयात उस्तै नै छ। गत वर्ष सोही अवधिमा ३ अर्ब २९ करोड रुपैयाँ बराबरको २ हजार ५९३ युनिट प्यासेन्जर इन्धन सवारी साधन आयात भएको थियो।

यो महिना १ अर्ब ६४ करोड रुपैयाँ बराबरको ७७६ युनिट इलेक्ट्रिक कार, जीप र भ्यान प्यासेन्जर कार मात्रै आयत भएका छन्। यसबाट सरकारले ९२ करोड २१ लाख रुपैयाँ कर संकलन गरेको छ।

तर इन्धन प्यासेन्जर कार भने ३३ करोड ८३ लाख बराबरको ३०८ युनिट आयात भएका छन्। यसबाट ८२ करोड ४९ लाख रुपैयाँ राजश्व संकलन गरिएको छ।

दुई पाङ्ग्रे सवारी साधनको आयात ७ महिनामा १४ अर्ब ९ करोड रुपैयाँ बराबरको १ लाख १७ हजार ८८ युनिट आयात भएका छन्। यसबाट सरकारले १२ अर्ब ३५ करोड रुपैयाँ बराबरको राजश्व संकलन भएको छ। यो महिना १३ हजार ८०२ युनिट आयात भएका छन्।