सेयर बजार उकालो, नेप्से २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा, १० अर्ब ४ करोडको कारोबार

बिजमाण्डू
२०८१ फागुन ५ गते १५:२० | Feb 17, 2025
सेयर बजार उकालो, नेप्से २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा, १० अर्ब ४ करोडको कारोबार


काठमाडौं। नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। नेप्से सोमबार २९.८७ अंकले बढेर २७२७.९१ विन्दुमा पुगेको छ।

Tata
GBIME
NLIC

फाइनान्स, हाइड्रोपावर र ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन्। बैंकिङ सूचक २.१६ प्रतिशत, होटल तथा पर्यटन सूचक २.२९, माइक्रो फाइनान्स सूचक २.२५ र अन्य उपसमूहको सूचक २.४७ प्रतिशतले बढको छ।

१६६ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। ७४ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सप्तकोसी डेभलपमेन्ट बैंकको मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

१० अर्ब ४ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार हुँदा नेपाल रिइन्स्योरेन्सको सर्वाधिक ३२ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

त्यस्तै, सीइडीबी होल्डिङसको २७ करोड ४३ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको २६ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।