
काठमाडौं। ‘क्यान इन्फोटेक २०२५’ मा अवलोकनकर्ताको आकर्षण बढेको छ। बिहीबारदेखि भृकुटीमण्डपमा जारी क्यान इन्फोटेकमा नयाँ-नयाँ प्रविधिसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताले चासो देखाएका छन्।
क्यान इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरूले आफ्नो ब्राण्ड प्रवर्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन्।


प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एसेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताले बढी रुची दखाएका छन्।

क्यान इन्फोटेक २०२५ को ब्रान्डिङ कक्षमा कम्पनीहरूलाई ब्रान्डको प्रवर्धन गर्न ‘बीटुबी जोन’ समेत बनाइएको छ। यसमार्फत कम्पनीहरूले आफ्ना डिलर तथा क्लाइन्टसँग प्रत्यक्ष अन्तर्क्रिया गरिरहेका छन्।






