अरुण भ्याली हाइड्रोपावरको नाफा ७३४.९८ प्रतिशत बढ्यो, प्रति सेयर आम्दानी १०.०९ रुपैयाँ

बिजमाण्डू
२०८१ माघ २५ गते १०:०५ | Feb 7, 2025
अरुण भ्याली हाइड्रोपावरको नाफा ७३४.९८ प्रतिशत बढ्यो, प्रति सेयर आम्दानी १०.०९ रुपैयाँ

काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले खुद नाफा बढाएको छ। कम्पनीले चालु आर्थिक वर्ष पुससम्म १९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
GBIME

कम्पनीले ६ महिनामा आर्जन गरेको मुनाफा गत वर्ष सोही अवधिको तुलनामा ७३४.९८ प्रतिशत धेरै हो। अरुण भ्याली हाइड्रोपावरले पोहोर ६ महिनामा २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य बढेको छ भने वित्तीय लागत घटेको छ। विद्युत बिक्री आम्दानी ३४१.२६ प्रतिशतले बढेको छ।

कम्पनीको कुल ३६.८६ प्रतिशत घटेको छ। बैंकको ब्याजदर घट्दा वित्तीय लागत ७०.०६ प्रतिशत घटेर खुद नाफा बढेको हो।

कम्पनीको प्रतिशेयर आम्दानी १०.९ रुपैयाँ छ। प्रति सेयर नेटवर्थ १०५.७२ रुपैयाँ रहेको छ।

सूचक२०८१/८२२०८०/८१फरक %
चुक्ता पुँजी (हजार)३८४८००३१८६७९६२१०६
सञ्चालन आम्दानी(हजार)१४१२८८३२०१९३४१.२६
विद्युत बिक्री लागत(हजार)२५२१११२०५८१०९.०८
वित्तीय लागत(हजार)२२८४५७६२९९-७०.०६
कुल खर्च(हजार)७७३४५१२२४९९-३६.८६
खुद नाफा(हजार)१९४२२४२३२६१७३४.९८
प्रति सेयर आम्दानी(रुपैयाँ)१०.०९
प्रति सेयर नेटवर्थ(रुपैयाँ)१०५.७२