
काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले सेयरधनीलाई ९.७३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कर प्रयोजनसहित २९ करोड ४९ लाख ६१ हजार ५३०.७० रुपैयाँ प्रतिफल पाउनेछन्।
इन्स्योरेन्सको चुक्ता पुँजी हाल ३ अर्ब २ करोड रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।