BIZMANDU
www.bizmandu.com

आइजीआई इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई २९.४९ करोड रुपैयाँ बाँड्ने

२०८१ माघ २४

आइजीआई इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई २९.४९ करोड रुपैयाँ बाँड्ने
आइजीआई इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई २९.४९ करोड रुपैयाँ बाँड्ने


काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बुधबार बस‍ेको बैठकले सेयरधनीलाई ९.७३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

Tata
GBIME
NLIC

इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कर प्रयोजनसहित २९ करोड ४९ लाख ६१ हजार ५३०.७० रुपैयाँ प्रतिफल पाउनेछन्।

इन्स्योरेन्सको चुक्ता पुँजी हाल ३ अर्ब २ करोड रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।