
काठमाडौं। नेपाल टेलिकमले टुजी सेवा बन्द गर्ने भएको छ।
टेलिकमकी प्रबन्ध निर्देशक संगीता अर्याल पहाडीले मंगलबार कम्पनीको २१औं वार्षिकोत्सवका अवसमा १८०० मेगाहर्जको टुजी सेवा यो वर्ष बन्द गर्ने बताएकी हुन्।
उनले ई-सिम लिन टेलिकमको काउण्टर जानु नपर्ने पनि बताएकी छन्। उनका अनुसार टेलिकमको एप र वेबसाइटबाट ई-सिमको सेवा लिन सकिनेछ।
उनले वार्षिकोत्सवका अवसरमा ग्राहकले अब ई-सिमका लागि काउण्टरमा धाउनुनपर्ने बताएकी हुन्।

टेलिकमसँग अहिले भ्वाइस सेवा लिने ग्राहकको संख्या २ करोड १२ लाख ४२ हजार छ। मंसिर मसान्तसम्म जीएसएम मोबाइल सेवातर्फ २ करोड ७ लाख ७४ हजार, पीएसटीएन सेवातर्फ ८७ हजार तथा एफटीटीएच भ्वाइस सेवातर्फ ३ लाख ८० हजार ग्राहक रहेको प्रबन्ध निर्देशक पहाडीले जानकारी दिइन्।
भ्वाइस सेवातर्फ टेलिकमको बजार हिस्सा ५०.४४ प्रतिशत छ।