शिखर इन्स्योरेन्सले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?

बिजमाण्डू
२०८१ माघ १८ गते १३:०५ | Jan 31, 2025
शिखर इन्स्योरेन्सले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?

काठमाडौं। शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME

कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद दिने निर्णय गरेको छ।

कम्पनीको संचालक समितिले गरेको निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ साधारण सभाबाट पारित भए पश्चात सेयरधनीले २६ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको बोनस सेयर पाउनेछन्।