
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष ६ महिनामा २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। इन्स्योरेन्सले पोहोर दोस्रो त्रैमासको तुलनामा १४.१२ प्रतिशतले खुद नाफा बढाएको हो।
कम्पनीले पोहोर ६ महिनामा २३ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। प्रिमियम बढाउँदा इन्स्योरेन्सको नाफामा सुधार आएको हो।
कम्पनीले २ अर्ब ३३ करोड रुपैयाँ खुद प्रिमियम संकलन गरेको छ। इन्स्योरेन्सले पोहोर पुसम्मको तुलनामा १७.२२ प्रतिशतले खुद प्रिमियम बढाएको हो।
आइएमई लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष दोस्रो त्रैमासको वित्तीय विवरण
सूचक | २०८१/८२ | २०८०/८१ | फरक % |
खुद नाफा (रु हजारमा) | २६७८६२ | २३४७२५ | १४.१२ |
खद प्रिमियम (रु हजारमा) | २३३९३८८ | १९९५७६४ | १७.२२ |
कुल आम्दानी (रु हजारमा) | ३१४६५६४ | २६५४४६५ | १८.५४ |
लगानी वापतको आम्दानी (रु हजारमा) | ६६८८०८ | ६३९२७१ | ४.६२ |
कुल खर्च (रु हजारमा) | २८७८७०१ | २४१९७३९ | १८.९७ |
दाबी भुक्तानी (रु हजारमा) | २२५०३२० | १८७०१७३ | २०.३३ |
प्रति सेयर आम्दानी रु | १०.७१ | ११.७४ | -८.७७ |
प्रति सेयर नेटवर्थ रु | १५२.२३ | – | – |