निर्जीवन बीमा कम्पनीको व्यवसाय ९.६० प्रतिशतले बढ्यो, ६ महिनामा २१.३० अर्बको प्रिमियम संकलन

बिजमाण्डू
२०८१ माघ १० गते १४:५४ | Jan 23, 2025
निर्जीवन बीमा कम्पनीको व्यवसाय ९.६० प्रतिशतले बढ्यो, ६ महिनामा २१.३० अर्बको प्रिमियम संकलन

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यापारमा बढोत्तरी देखिएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार ६ महिनामा ४ वटा लघुसहित १८ वटा इन्स्योरेन्स कम्पनीले २१ अर्ब ३० करोड ६५ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्।

Tata
GBIME

कम्पनीहरुले पोहोर दोस्रो त्रैमासको तुलनामा यस वर्ष आर्जन गरेको प्रिमियम ९.६० प्रतिशतले धेरै हो। इन्स्योरेन्सले पोहोर पुसम्म १९ अर्ब ४४ करोड १० लाख रुपैयाँ प्रिमियम आर्जन गरेका थिए।

निर्जीवन बीमा कम्पनी२०८१/८२२०८०/८१फरक (प्रतिशतमा)
शिखर२५९०२.९९२४५०७.६४५.६९
सगरमाथा लुम्बिनी२५५३६.३८२३४७१.६७८.८
सिद्धार्थ प्रिमियर२१३८०.७२१९७२६.१८८.३९
आईजिआइ प्रुडेन्सियल१७३७१.६०१६६१२.४०४.५७
हिमालयन एभरेष्ट१७१८४.०४१६७७४.०९२.४४
नेको१६६५१.२३१६१२९.००३.२४
एनएलजी१४०७०.२७१२५३०.३६१२.२९
ओरियण्टल१३४५५.७८९३५१.२३४३.८९
युनाइटेड अजोड१२०३७.३९१३०६४.७७-७.८६
सानिमा जिआईसी११९३१.७७११५०२.५५३.७३
नेपाल इन्स्योरेन्स१०९३२.७३७५०२.५८४५.७२
प्रभु९०३९.३०९६९८.४७-६.८
राष्ट्रिय बीमा कम्पनी७१२१.३८६९३३.५६२.७१
नेसनल६२१९.७४६१५५.७११.०४

प्राधिकरणका अनुसार युनाइटेड अजोड र प्रभु इन्स्योरन्स बाहेकका कम्पनीको व्यवसायमा बढोत्तरी देखिएको हो। गत वर्षको तुलनामा कम्पनीको बीमा लेख ८.०७ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीहरुले यो वर्ष १५ लाख ५७ हजार बीमालेख जारी गरेका छन्। पोहोर यही अवधिमा १४ लाख ४१ हजार बीमालेख बिक्री गरिएको थियो।

शिखर इन्स्योरेन्सले सर्वाधिक २ अर्ब ५९ करोड रुपैयाँको प्रिमियम संकलन गर्दा सबैभन्दा न्यून नेसनल इन्स्योरेन्सले ६२ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ।