
काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न पदमा उत्कृष्ट काम गरिरहेका कर्मचारीहरूलाई प्रशिक्षणका लागि भारत पठाएको छ। प्रशिक्षण मुम्बईस्थित भारतीय बीमा संस्थान (इन्स्युरेन्स इन्स्टिच्युट अफ इन्डिया थ्री)मा माघ ७ गतेदेखि ९ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ।
भारतीय बीमा संस्थान बीमा शिक्षा र तालिममा समर्पित भारतको एक प्रमुख राष्ट्रिय संस्था हो। यस संस्थानले व्यावसायिक प्रमाणपत्रहरू प्रदान गर्ने र विभिन्न परीक्षाहरू संचालन गर्दछ।
३ दिने प्रशिक्षणमा बीमामा आबद्ध कर्मचारीहरूका लागि अपरिहार्य व्यवहारिक ज्ञान तथा सीप वृद्धि विकास गर्ने खालका प्रशिक्षण सामग्रीहरू समावेश गरिएको कम्पनीले जानकारी दियो। जसअन्तर्गत बजार प्रवर्धन तथा बिक्री, वितरण माध्यम व्यवस्थापन, संचार कौशलता, व्यवहारिक अन्तरक्रिया र परामर्शका विषयहरू रहेका छन्।
सहभागीहरूलाई बिदाई कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले प्रशिक्षणका लागि छनौट हुन सफल कर्मचारीहरूलाई बधाई दिए। यस प्रकारका अन्तर्राष्ट्रिय तालिमले कर्मचारीहरूको वृद्धि विकासमा उल्लेखनीय योगदान पुर्याउने भन्दै उनले कार्यक्रममा सिकाइएका ज्ञानलाई उचित ढङ्गले ग्रहण गरेर यसलाई व्यक्तिगत र कम्पनीको व्यवसाय विकासमा उपयोग गर्नुपर्ने बताए।
साथै आफूले सिकेका ज्ञानबर्धक कुराहरू अन्य कर्मचारीहरूसँग साटासाट गर्न उनले निर्देशन समेत दिए। प्रशिक्षणमा कम्पनीका शाखा प्रबन्धक, एरिया म्यानेजर, क्षेत्रीय प्रबन्धक र प्रदेश प्रमुखहरू सहभागी छन्।