काठमाडौं विश्वविद्यालयले उपकुलपति छान्दै, १० दिनभित्र दरखास्त बुझाउन खुलायो आवेदन

बिजमाण्डू
२०८१ पुष १८ गते १५:५० | Jan 2, 2025
काठमाडौं विश्वविद्यालयले उपकुलपति छान्दै, १० दिनभित्र दरखास्त बुझाउन खुलायो आवेदन

काठमाडौं। काठमाडौं विश्वविद्यालयले रिक्त हुन गइरहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ। बिहीबार एक सूचना निकाल्दै विश्वविद्यालयले १० दिनभित्र आवेदन बुझाउन इच्छुकलाई सूचित गरेको छ।

Tata
GBIME
NLIC

बुधबारमात्रै केयूले नाम सिफारिस गर्न गठन गरेको खोज तथा सिफारिस समितिले कार्यविधि स्वीकृत गरेको थियो। इच्छुकले बालकुमारीमा रहेको काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा दरखास्त बुझाउनुपर्ने केयूले जनाएको छ।

अहिलेका उपकुलपति प्रा. डा. भोला थापा २०७७ माघमा नियुक्त भएका थिए। उनको कार्यकाल करिब तीन साता मात्रै बाँकी छ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओ‌लीले उपकुलपति सिफारिस गर्न पूर्वउपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएका छन्।