भासिएको ४ महिनापछि कमलादीस्थित टुकुचामाथिको सडक तयार, गुड्न थाले गाडी

प्रवीण रानाभाट
२०८१ मंसिर २७ गते ११:२३ | Dec 12, 2024
भासिएको ४ महिनापछि कमलादीस्थित टुकुचामाथिको सडक तयार, गुड्न थाले गाडी


काठमाडौं। कमलादीस्थित टुकुचा खोलामाथि बनेको सडक आजबाट संचालनमा आएको छ। अविरल वर्षाका कारण ठूलो भ्वाङ परेको स्थानमा बक्स कलभर्ट निर्माण गरिएपछि संचालनमा आएको हो।

Tata
GBIME
NLIC

गत साउन २५ गते अविरल वर्षाका कारण सडकमा ठूलो भ्वाङ परेको थियो।

सडक भासिएको करिब ३ महिनापछि अर्थात कात्तिक ४ गतेदेखि मात्रै सो सडकको निर्माण कार्य सुरु भएको थियो। सडक निर्माण सुरु भएको करिब ५० दिनमा काम सम्पन्न भएको हो।

काठमाडौं महानगरपालिकाको भवनसँगै भएर बग्ने टुकुचामाथि बनाइएको सो सडक भासिएपछि त्यहाँबाट भएर सवारी संचालन हुन सकेको थिएन।

अब उक्त सडक पहिले जस्तै एकतर्फी रुपमा संचालन हुनेछ।