काठमाडौंमा भुटानी राजाको ‘ट्रान्जिट’ भ्रमण, विमानस्थलमा परराष्ट्र मन्त्रीद्वारा स्वागत

बिजमाण्डू
२०८१ मंसिर २१ गते १०:४८ | Dec 6, 2024
काठमाडौंमा भुटानी राजाको ‘ट्रान्जिट’ भ्रमण, विमानस्थलमा परराष्ट्र मन्त्रीद्वारा स्वागत


काठमाडौं । भुटानका राजा जिग्मे खेसर नामग्येल वाङचुक काठमाडौ आइपुगेका छन्। भारत भ्रमण सकाएर उनी काठमाडौंलाई ट्रान्जिट बनाएर भ्रमणमा आएका हुन्।

Tata
GBIME
NLIC

परराष्ट्र मन्त्री आरजु राणा देउवाले वाङ्चुकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्।

काठमाडौंमा उने करिब ४-५ घण्टा बिताउने कार्यतालिका रहेको छ। यस अवधिमा राजा वाङ्चुकले स्वयम्भू र बौद्धको अवलोकन भ्रमण गर्ने बताइएको छ।

उनलाई भ्रमणलाई मध्यनजर गर्दै ती क्षेत्रमा सुरक्षा व्यवस्था मिलाइएको छ।

काठमाडौंमा रहँदा उनले कुनै औपचारिक भेटवार्ता भने गर्ने छैनन्।

राजा वाङ्चकुको जन्म काठमाडौंमा भएको हो। सन् १९८० मा थापाथलीस्थित परोपकार प्रसुती अस्पतालमा उनको जन्म भएको हो।