रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसन लन्च, मूल्य ५ लाख ५५ हजार ६०० रुपैयाँ

बिजमाण्डू
२०८१ मंसिर १२ गते १४:२४ | Nov 27, 2024
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसन लन्च, मूल्य ५ लाख ५५ हजार ६०० रुपैयाँ


काठमाडौं । रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसन नेपाली बजारमा लन्च भएको छ। नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले बुधबार क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक गरेको हो।

Tata
GBIME
NLIC

यो बाइकको मूल्य ५ लाख ५५ हजार ६०० रुपैयाँ तोकिएको छ।

३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट बार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रुपमा लिएको कम्पनीले जनाएको छ।

सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे रंगमा उपलब्ध हुनेछन्। यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी तथा बलियो टर्क र प्रदान गर्दछ।

यसको फराकिलो सिट प्रोफाइल र नरम फोम कुरान प्याडिडले सहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्ने यात्रुलाई आरामदायी अनुभव दिने कम्पनीले जनाएको छ।

नयाँ एगोंनोमिक्स, ग्रिप्स, रोटरी स्विच, इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन्। त्यसैगरि नयाँ पाइलट लाइटहरु भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका छन्।

बाइकमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेक सग टिबीन्स पिस्टन फ्लोटित क्यलिपर र पछाडि रहेको २७० एमएम डिस्क ब्रेक सग सिन्गल पिस्टन फ्लोटिङ्ग क्यलिपरले अरु बढि आत्मविश्वासपूर्ण ब्रेकिङ प्रदान गर्छ।

नयाँ क्लासिक ३५० सिग्नल्स एडिसनले परम्परा र नवीनताबीचको सन्तुलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ। नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको आज रोयल इन्फिल्डको नेपालभर २४ वटै सोरुममा लन्च एवं बिक्री खुला गरिएको छ।