छायाँ सेन्टरमा थाई फिल्म फेस्टिभल हुँदै, चलचित्र हेर्दै थाई खानेकुराको स्वाद लिने मौका

बिजमाण्डू
२०८१ भदौ १० गते १३:२६ | Aug 26, 2024
छायाँ सेन्टरमा थाई फिल्म फेस्टिभल हुँदै, चलचित्र हेर्दै थाई खानेकुराको स्वाद लिने मौका
नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्न।


काठमाडौं। काठमाडौंस्थित रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ आयोजना गर्ने भएको छ। अगस्ट ३० देखि सेप्टेम्बर १ सम्म फिल्म फेस्टिभल गरिने दूतावासले जनाएको छ।

Tata
GBIME
NLIC

फिल्म फेस्टिभल काठमाडौंको छायाँ सेन्टर क्यूएफएक्समा हुने बताइएको छ। यो नेपालमा चौथो थाई फिल्म फेस्टिभल भएको नेपालका लागि थाई राजदूत सुवापोङ सिरिसोर्नले बताए।

यसअघि सन् २०१३ मा थाई फिल्म फेस्टिभल आयोजना गरिएको थियो।

‘यो वर्ष नेपाल र थाइल्यान्डबीचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको छ। हाम्रो लामो समयको सम्बन्धलाई मनाउन र फिल्मको विश्वव्यापी भाषामार्फत थाई र नेपाली जनतालाई जोड्न थाई दूतावासले नेपालमा थाई फिल्म फेस्टिभल आयोजना गर्न लागेको हो,’ दूतावासले एक प्रेस विज्ञप्तिमा भनेको छ।

फिल्म फेस्टिभलमा विभिन्‍न पुरस्कार विजेता थाई चलचित्रहरू देखाइने दूतावासले जनाएको छ। जसअनुसार ३० अगस्टमा हाउ टु मेक मिलियन्स बिफोर ग्र्यान्डमा डाइज र प्याड थाई द मुभी, ३१ अगस्टमा टुगेदर द मुभी र अन्डरटेकर तथा १ सेप्टेम्बरमा ड्रिम अ लिटल ड्रिम र ब्रोकन स्वर्ड हिरो प्रदर्शन गरिनेछ।

कार्यक्रममा सहभागीहरूले थाई खानाको स्वाद लिने मौका पनि पाउने छन्।