सेनाले माग्यो २८० जना अधिकृत क्याडेट, १८ वर्ष पुगेकाले दिन पाउनेछन् आवेदन



बिजमाण्डू
२०८१ भदौ ७ गते ०८:५५ | Aug 23, 2024
सेनाले माग्यो २८० जना अधिकृत क्याडेट, १८ वर्ष पुगेकाले दिन पाउनेछन् आवेदन

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले २८० जना अधिकृत क्याडेटका लागि आवेदन मागेको हो।

Tata
GBIME
Nepal Life

इच्छुक व्यक्तिले एक हजार रुपैयाँ दस्तुर तिरेर आश्विन ६ गतेसम्म आवेदन दिन सक्नेछ। दोब्बर दस्तुरमा आश्विन १२ गतेसम्म आवेदन दिन सकिनेछ।

निर्देशनालयले शैक्षिक र शारीरिक योग्यताको मापदण्ड पनि सूचनामा उल्लेख गरेको छ। ती योग्यता पुगेका २०८१ साल आश्विन ५ गते गते १८ वर्ष पुरा भएर २१ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन्। स्नातक गरेकाको हकमा भने २४ वर्ष ननाघेको हुनुपर्नेछ। बहालवाला उम्मेदवारहरुको उमेर भने २६ वर्ष ननाघेको हुनुपर्नेछ भने सेवा अवधि पनि दुई वर्ष पूरा भएको हुनुपर्नेछ।

हेर्नुस सेनाको सूचना