काठमाडौं । नेपाल धितोपत्र बोर्डमा विभिन्न पदका लागि आवेदन माग गरिएको छ। बोर्डले आज सूचना जारी गर्दै खुला र समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
बोर्डले सहायक निर्देशक दुईजना, वरिष्ठ सहायक एकजना र सहायक ३ जना गरि ६ पदका लागि आवेदन खुलाएको हो। दरखास्त दिन चाहनले बोर्डको वेबसाइटमा गएर आवेदन फर्म भेर बुझाउनुपर्नेछ।
बोर्डले पद अनुसार न्यूनयम योग्यता र परिक्षा दस्तुर पनि सूचनामा उल्लेख गरेको छ।
दरखास्त दिन चाहनेले भदौ २७ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ। थप दस्तुरमा आश्विन ३ गतेसम्म आवेदन बुझाउन सकिनेछ।
हेर्नुस बोर्डको सूचना