
काठमाडौं। पराष्ट्रमन्त्री आरजु राणाले राहदानी विभागको निरीक्षण गरेकी छन्। उनले बुधबार त्रिपुरेश्वरमा रहेको विभागको निरीक्षण गरेकी हुन्।






निरीक्षणका क्रममा राणाले राहदानी बनाउन पुगेका सेवाग्राहीसँग उनीहरुले भोग्नुपरेका समस्याबारे चासो राखेकी थिइन्। तत्कालै राहदानी आवश्यक पर्नेहरुले विभागबाट लिने गरेका छन्।
राहदानी लिनका लागि अनलाइनबाट फारम भर्नुपर्छ। कतिपय सेवाग्राहीले अनलाइनबाट आफैं भर्दा समस्या हुने गरेको र बिचौलियालाई उनीहरुले मागे अनुसारको रकम बुझाउनुपर्ने बाध्यता रहेको गुनासो गरे।