भियना तेस्रोपटक लगातार बन्यो ‘लिभएबल सिटी’, विश्वकै बस्नयोग्य १० सहर कुन कुन हो ?

बिजमाण्डू
२०८१ असार १४ गते १२:११ | Jun 28, 2024
भियना तेस्रोपटक लगातार बन्यो ‘लिभएबल सिटी’, विश्वकै बस्नयोग्य १० सहर कुन कुन हो ?
Photo : Reuters

अस्ट्रियाको भियना सन् २०२४ मा विश्वकै ‘लिभएबल सिटी‘ बस्नयोग्य सहर घोषित भएको छ। इआइयुले निकालेको सूचीमा तेस्रोपटक लगातार भियना बस्नयोग्य सहरको पहिलो नम्बरमा पर्न सफल भएको हो।

Tata
GBIME

इआइयुले १७३ सहरलाई सूचीमा समेटेको छ। स्वास्थ्य सेवा, संस्कृति, वातावरण, स्थायित्व, पूर्वाधार, शिक्षा लगायतका विषयलाई आधार बनाएर सूची बनाइएको हो।

दोस्रोमा डेनमार्कको कोपेनहेगन छ भने। गत वर्ष छैठौं नम्बरमा रहेको स्वीटजरल्याण्डको जुरिच यो वर्ष तेस्रो नम्बरमा छ।

अस्ट्रेलियाको मेलबर्न यो वर्ष चौथो स्थानमा छ भने क्यानडाको कलगारी र स्वीटजरल्याण्डको जेनेभा पाचौं नम्बरमा छ।

क्यानडाको भ्यानकुभर र अस्ट्रेलियाको स्डिनी एकसाथ सातौं नम्बरमा रहँदा जापानको ओसाका र न्यूजिल्याण्डको अकल्याण्ड नवौं स्थानमा छ।