सेफ सन्तोष साहको मिथिला थाली दोस्रो वर्षमा, काठमाडौं उपत्यकामा तीनवटा आउटलेट

बिजमाण्डू
२०८१ असार ६ गते १७:२३ | Jun 20, 2024
सेफ सन्तोष साहको मिथिला थाली दोस्रो वर्षमा, काठमाडौं उपत्यकामा तीनवटा आउटलेट

काठमाडौं। मास्टर सेफ सन्तोष साहको ‘मिथिला थाली’ रेस्टुरेन्ट दोस्रो वर्षमा प्रवेश गरेको छ। मिथिलाको मौलिक परिकार प्रवर्धन गर्ने उद्देश्यले गत वर्ष असार ६ गते जनकपुरमा मिथिला थाली रेस्टुरेन्ट सुरु गरेका साहले काठमाडौं उपत्यकामा तीन शाखा विस्तार गरेका छन्।

Tata
GBIME

रेस्टुरेन्ट सुरु गरेको दोस्रो वर्ष प्रवेशका अवसरमा उनले गौशाला आउटलेट खोलेका छन् भने केही दिनमै गैरीधारामा पनि सञ्चालनमा ल्याउने तयारी छ। उनले काठमाडौं उपत्यकामा सुरुमा झम्सिखेलमा रेष्टुरेन्ट खोलेका थिए।

‘झम्सिखेलको रेष्टुरेन्ट अपेक्षा गरेभन्दा राम्रोसँग चलेपछि गौशालामा पनि खोलिएको हो। केही दिनमा गैरीधारामा पनि हाम्रो आउटलेट सञ्चालनमा आउँछ,’ उनले भने।

उनका अनुसार गौशालाको आउटलेटमा विशुद्ध शाकाहारी परिकार उपलब्ध हुनेछ। पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीलाई लक्षित गरी शाकाहारी रेस्टुरेन्ट सुरु गरेको उनले बताए। ग्राहकले एकै थालीमा १७ परिकारको स्वाद लिन पाउनेछन्। 

उनी अबको एक वर्षभित्र भारतको अयोध्या र कतारको दोहामा पनि आउटलेट खोल्ने योजनामा छन्।