‘अवतार ११’ इभी केही दिनमै नेपाल भित्रिने, मूल्य करिब १ करोड ५० लाख रुपैयाँ

बिजमाण्डू
२०८१ असार २ गते ०८:४३ | Jun 16, 2024
‘अवतार ११’ इभी केही दिनमै नेपाल भित्रिने, मूल्य करिब १ करोड ५० लाख रुपैयाँ

काठमाडौं । नेपालको दुई ठूला घराना चौधरी ग्रुप र एमएडब्लु ग्रुपले ल्याउन लागेका अवतार ब्रान्डको गाडी केही दिनमै नेपाली बजारमा आउने भएको छ।  कम्पनी स्रोतका अनुसार अवतार ११ मोडलको ४ वटा युनिट नेपालको लागि सिपमेन्ट भइसकेको छ।

Tata
GBIME

कम्पनी अनुसार अबको केही दिनमा गाडी केरुङ आइपुग्ने छ। यी गाडी चौधरी ग्रुप र एमएडब्लु ग्रुपको जोइन्ट भेन्चरमा ल्याउने भए पनि यसको बिक्रीदेखि मार्केटिङ सबै चौधरी ग्रुपले मात्रै हेर्नेछ। यसको मूल्य लगभग १ करोड ५० लाख रुपैयाँसम्म पर्नेछ।

हुवावे, सीएटीएल र चांगनको संयुक्त लगानीमा विकास गरिएको अवतार प्रिमियम ईभी ब्रान्ड हो। सन् २०१८ मा स्थापना भएको अवतार टेक्नोलोजी कम्पनीले त्यसको ४ वर्षपछि अर्थात सन् २०२२ मा पहिलो मोडल अवतार ११ ल्याएको थियो। सोही कार ‘राइट ह्यान्ड ड्राइभ’मा समेत आएपछि नेपाली बजारमा भित्रिन लागेको हो।

यो गाडी ४.८ मिटर लम्बाई र ह्वीलबेस २.९ मिटर लामो छ। यसमा अवतारको प्रिमियमनेस शोकेस एफ सेप्डको आइकोनिक एलईडी हेडलाइट क्लस्टर छ। यो प्रिमियम ईभीमा १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, र १०.२५ इन्चकै अर्को प्यासेन्जर डिस्प्ले राखिएको छ।

कारमा दुईवटा वारयलेस चार्जिङ प्याड, १४-स्पिकर साउन्ड सिस्टम र ३४ वटा सेन्सर जडित इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम लगायत अन्य थुप्रै प्रकारका अत्याधुनिक सुविधा दिइएको छ।

कम्पनीले अन्य फिचर र पावर- ट्रेनको बारेमा भने अहिलेसम्म केही खुलाएको छैन।