अघिल्लो आर्थिक वर्ष घोषित बनेपामा चलचित्रको छायांकन स्टुडियो निर्माण सुरु गर्ने

बिजमाण्डू
२०८१ जेठ १५ गते १६:१३ | May 28, 2024
अघिल्लो आर्थिक वर्ष घोषित बनेपामा चलचित्रको छायांकन स्टुडियो निर्माण सुरु गर्ने

काठमाडौं। काभ्रेपालन्चोकको बनेपामा चलचित्र छायांकनका लागि स्टुडियो निर्माण सरकारले यसै वर्षबाट सुरु गर्ने भएको छ। आगामी वर्षको आर्थिक बजेट मंगलबार संसदबाट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यसै बर्षबाट स्टुडियो निर्माण सुरु गरिने जानकारी दिए।

Tata
GBIME

अघिल्लो आर्थिक वर्षमा नै स्टुडियो निर्माण गर्ने घोषणा गरिएको थियो। काम भने अघि बढेको छैन।

एक वर्षअघि नै स्टुडियो लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्को बैठकले नै गरिसकेको छ। बनेपा नगरपालिकाको बाहुनडाँडामा रहेको वनको जग्गा स्टुडियोको लागि प्रयोग गर्ने सरकारले निर्णय गरेको थियो।

त्यस्तै केही वर्ष अगाडि नै घोषणा भएको दोलखामा चलचित्र छायांकन नगरी निजी सझेदारीमा स्टुडियो निर्माण कार्य अगाडि बढाउने पनि तयारी गरेको अर्थमन्त्री पुनले बताएका छन्।