होक्काइदोमा जापानी खानाको तीन दिने उत्सव, ‘इजाकाया’को उत्कृष्ट अनुभव गर्ने अवसर

बिजमाण्डू
२०८१ बैशाख २८ गते १०:१३ | May 10, 2024
होक्काइदोमा जापानी खानाको तीन दिने उत्सव, ‘इजाकाया’को उत्कृष्ट अनुभव गर्ने अवसर

काठमाडौं। जापानी खाना र पेय पदार्थका पारखीलाई लक्षित गरि काठमाडौंमा तीन दिने ‘ खाना उत्सव’ हुने भएको छ।

Tata
GBIME
Nepal Life

र्‍याडिसन होटल परिसरमा रहेको होक्काइदो रेष्टुरेन्टले वैशाख २८, २९ र ३० गते (मे १०, ११ र १२) मा सो उत्सव गर्न लागेको हो।

तीन दिन साँझ ६ः३० देखि ९ः३० बजेसम्म सो उत्सव हुनेछ। जापानी संगीतसँगै खाना पारखीले जापानी परिकार र पेय पदार्थको फरक स्वाद लिन सक्ने रेष्टुरेन्टका संचालक अर्जुन अधिकारीले जानकारी दिए।

आयोजकले उत्सवलाई नेपालमा ‘इजाकायाको उत्कृष्ट अनुभव अवसर’ भनेको छ।

‘इजाकाया’ जापानको परम्परागत र लोकप्रिय अभ्यास हो, जहाँ दिनभरको कामपछि मानिसहरु पेय र खानाका लागि जम्मा हुन्छन्। संचालक अधिकारीले जापानको त्यही लोकप्रिय अभ्यास नेपालीबीच पुर्‍याउन र जपानी खानाको स्वाद, सुगन्ध र सजावटको आनन्द दिन उत्सव आयोजना गरिएको जानकारी दिए।

उत्सवमा खानाको परिकारअनुसार प्रति व्यक्ति ४ हजार ४००, २ हजार ७०० र १ हजार ७०० रुपैयाँको गरि तीन प्रकारका मेनु राखिएको छ।