लोक सेवा परीक्षार्थीलाई सघाउदै काठमाडौं महानगर, निःशुल्क तयारी कक्षा सुविधा

बिजमाण्डू
२०८१ बैशाख २२ गते ०६:४५ | May 4, 2024
लोक सेवा परीक्षार्थीलाई सघाउदै काठमाडौं महानगर, निःशुल्क तयारी कक्षा सुविधा

काठमाडौं। सीप मेला आयोजना गरेको काठमाडौं महानगरपालिकाले युवालक्षित कार्यक्रमलाई जोड दिएको छ। यसअन्तर्गत महानगरले लोक सेवा आयोगले लिने विभिन्न पदको परीक्षाका लागि आवेदकलाई निःशुल्क तयारी कक्षा चलाउने भएको छ।

Tata
GBIME

महानगरपालिकाले शनिबार सूचना जारी गर्दै खरिदार, नायव सुब्बा र अधिकृत स्तरको पदका लागि तयारी कक्षा चलाउने जनाएको हो। महानगरमा स्थायी बसोबास भएका र योग्य उम्मेदवारलाई प्राथमिकतामा राखेको सूचनामा छ।

तयारी कक्षामा सहभागी हुन चाहनेले एक साताभित्र नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिसँगै स्थायी बसोबासीको प्रमाणपत्र बुझाउनुपर्ने सर्त छ।