निफ्राले प्रमुख कार्यकारी अधिकृतका लागि खुलायो आवेदन, रिक्त सीइओ पदमा कसले मार्ला बाजी?

बिजमाण्डू
२०८० चैत्र १५ गते ०९:३३ | Mar 28, 2024
निफ्राले प्रमुख कार्यकारी अधिकृतका लागि खुलायो आवेदन, रिक्त सीइओ पदमा कसले मार्ला बाजी?


काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति प्रक्रिया अघि बढाएको छ। बिहीबार एक सूचना जारी गर्दै निफ्राले सीइओ पदका लागि दरखास्त आह्‍वान गरेको हो। इच्छुक उम्मेदवारले चैत २९ गते साँझ साढे ५ बजेभित्र आवेदन बुझाइ सक्नुपर्ने छ।

Tata
GBIME
NLIC

सरकारले साथ नदिएको भन्दै निफ्राका तत्कालीन सीइओ रामकृष्ण खतिवडाले माघ पहिलो साता राजीनामा दिएका थिए। बैंकले उद्देश्यअनुसार काम गर्न नसकेको भन्दै उनले कार्यकाल सकिनु एक वर्षअघि नै राजीनामा दिएका थिए। खतिवडाले पुस २९ गते राजीनामा बुझाएका उनले बैंकको सञ्चालक समितिले माघ १ गते राजीनामा स्वीकृत गरेको थियो।

राजीनामापछि समितिले बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङलाई कामु सीइओको जिम्मेवारी दिएको थियो।