महिन्द्राको उत्सव योजनाका विजेता लक्की-ड्रमार्फत छानिए, जावा बाइक र रिक्सा कसले जिते?

बिजमाण्डू
२०८० चैत्र ६ गते १८:५६ | Mar 19, 2024
महिन्द्राको उत्सव योजनाका विजेता लक्की-ड्रमार्फत छानिए, जावा बाइक र रिक्सा कसले जिते?


काठमाडौ। महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारिक बिक्रेता अग्नी ग्रुपले महिन्द्रा उत्सव योजना अन्तर्गत लक्की- ड्र विजेता घोषणा गरेको छ।

Tata
GBIME

अग्नी ग्रुपले मंगलबार एक कार्यक्रम गरी बम्पर लक्की ड्रमार्फत पुरस्कार विजेता घोषणा गरेको हो।

वीरगन्जका आदेश कुँवरले महिन्द्राको तीन पाङ्ग्रे इलेक्ट्रिक रिक्सा-ट्रियो यारी, बिर्तामोडका मिसेक फयाकले जावा-फोर्टी टु मोटरसाइकल र चरिकोटको देवकोटा निर्माण सेवाले ५ केभीए महिन्द्रा पावरोल जेनेरेटर जितेको कम्पनीले जनाएको छ।

विजेता घोषणा कार्यक्रममा राष्ट्रिय भलिबल खेलाडी सरस्वती चौधरी, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्रा इन्डियाका नेपाल म्यानेजर रक्क्षित राय लगायत उपस्थित थिए।

कम्पनीले विश्वकर्मा पूजा, दशैं, तिहार र छठलाई लक्षित गरी ‘महिन्द्रा उत्सव’ विशेष योजना ल्याएको थियो।